+
+
ईपीएल चौथो संस्करण :

उद्घाटन खेलमा काठमाडौंले टस जितेर ललितपुरविरुद्ध बलिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ९ गते १२:१९

९ असोज, काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण आजदेखि सुरु भएको छ । नेपालकै चर्चित टी-२० फ्रेन्चाइज क्रिकेटको चौथो संस्करणका त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उद्घाटन गरिएको हो ।

प्रतियोगिताको उद्घाटन खेल साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स-११ बीच सुरु भएको छ ।

काठमाडौंले टस जितेर बलिङ रोजेको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंको टिममा पाकिस्तानका पूर्व कप्तान शाहीद अफ्रिदी पनि छन् । अन्य दुई जना राएन ब्रल र रहमानुल्लाह गुर्बाज विदेशी खेलाडी छन् ।

यता कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिएको साविक विजेता ललितपुरमा सन्दुन विराकोडी, ओसादा फर्नान्डो र रन्जुन मिक्यो दोर्जी विदेशी खेलाडी छन् ।

ईपीएल प्रालीको आयोजनामा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् । सिंगल राउण्ड रोविनको खेलहरु भएपछि क्वालिफायर हुँदै फाइल हुनेछ ।

५० लाख पुरस्कार र ईपीएलको आकर्षक ट्रफीका लागि साविक विजेता ललितपुर प्याट्रिओट्स सहित, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौं किंग्स ११, चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको हिमालय टिभीले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

तस्वीर : शंकर गिरी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?