+

जेससको गोलमा सिटीले चेल्सीलाई हरायो

२०७८ असोज  ९ गते १९:४८ २०७८ असोज ९ गते १९:४८
जेससको गोलमा सिटीले चेल्सीलाई हरायो

९ असोज, काठमाडौं । प्रिमियर लिगमा शनिबार भएको खेलमा म्यानचेष्टर सिटीले चेल्सीलाई १-० ले पराजित गरेको छ । चेल्सीको मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा सिटीलाई जित दिलाउन गाब्रिएल जेससले निर्णायक गोल गरे ।

जेससले खेलको ५३ औं मिनेटमा जाओ क्यान्सेलोको पासमा गोल गरेका थिए । त्यही गोल सिटीलाई ३ अंक दिलाउन निर्णायक बन्यो । यस सिजन चेल्सीको यो पहिलो हार हो ।

चेल्सीलाई हराएपछि सिटी ६ खेलबाट १३ अंक जोड्दै दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको लिभरपुलको ५ खेलबाट समान १३ अंक रहेपनि गोल अन्तर सिटी पछि छ ।

चेल्सीको पनि ६ खेलबाट १३ अंक नै छ र तेस्रो स्थानमा छ ।

चेल्सी प्रिमियर लिग फुटबल म्यानचेस्टर सिटी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय