+
+
Shares

विद्यार्थीहरु एमालेलाई धुलो चटाउने दिन कुरेर बसेका छन् : रञ्जित तामाङ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ९ गते २२:३३
Photo Credit : GP Mainali

९ असोज, पोखरा । अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले विद्यार्थीहरु एमालेलाई धुलो चटाउने दिन कुरेर बसेको बताएका छन् ।

बिहीबार कास्कीको लामाचौरमा आयोजित अखिल (क्रान्तिकारी) गण्डकी प्रदेशको सम्मेलनलाई सम्बोधन गर्दै तामाङले आउँदो स्ववियू निर्वाचनले एमाले भातृ संगठन अनेरास्ववियुको औपचारिक विदाई गर्ने जिकीर गरे ।

केपी ओलीको पटक–पटकको प्रतिगमनकारी कदमलाई साथ दिएर एमाले निकट अनेरास्ववियुले विद्यार्थी आन्दोलनमाथि कालो पोतेको आरोप लगाउँदै तामाङले भने, ‘मुलुकभरका शैक्षिक संस्थाहरुमा विद्यार्थीहरु हिसाब गरेर बसिराखेका छन् । आउँदो स्ववियू निर्वाचनमा प्रतिगमनको मतियार बनेको अनेरास्ववियुका निम्ति अन्तिम निर्वाचन हुनेछ ।’

आउँदो निर्वाचनमा गाउँ–गाउँका जनता एमालेलाई धुलो चटाउने दिन कुरेजस्तै लाखौं विद्यार्थीहरु अनेरास्ववियुको विदाईको निम्ति स्ववियू चुनावको मिति कुरेर बसेको उनले बताए ।

कार्यक्रमलाई अखिल (क्रान्तिकारी)का उपाध्यक्ष विजय गौतम, उपमहासचिव जीपी मैनाली, केन्द्रीय सचिव प्रविना अधिकारी लगायतले पनि सम्बोधन गरेका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?