+
+

६१ अंकले घट्यो नेप्से परिसूचक

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १४:३४

१० असोज, काठमाडों । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ६१ दशमलव २७ अंकले घटेर २ हजार ७ सय ५८ दशमलव २८ अंकमा आइपुगेको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि घटेको छ ।

शेयर कारोबार रकममा पनि आइतबार खासै उल्लास देखिएन । ठूलो माग नहुँदा बिक्रीमा चाप समेत देखिएन । जसकारण कारोबार बन्द हुँदासम्म ६ अर्ब ५० कराेड रुपैयाँको कारोबार भएको छ । समूहगत रुपमा हेर्दा सबै समूहका सबइन्डेक्सहरु घटेर राताम्मे देखिएका छन् ।

धेरै कमाउनेमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य रहेको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यसैगरी बढ्नेमा मैलुङखोला जलविद्युत् कम्पनी पनि देखिएको छ । गुमाउनेहरुमा फाइनान्स कम्पनीहरु धेरै देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?