+
+

बजेटसँग सम्बन्धित दुई विधेयक राष्ट्रिय सभाबाट पारित

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते ११:३५

११ असोज, काठमाडौं । राष्ट्रियसभाले प्रमुख विपक्षी नेकपा (एमाले)को विरोधकाबीच बजेटसँग सम्बन्धित दुई विधेयक पारित गरेको छ ।

सोमबार बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध गरेका थिए । र समय पाएपछि एमाले सांसद परशुराम मेघी गुरुङले आफूहरूको विरोध कायमै रहेको बताए ।

तर, सभाध्यक्ष गणेश तिमल्सिनाले एमालेको विरोधकाबीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधयेक २०७८ माथिको दफाबार छलफल अगाडि बढाए । दफाबार छलफलमा कुनै पनि सांसदले भाग लिएनन् । र सभाले दुवै विधेयक बहुमतले पारित गर्‍यो ।

दुवै विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा गएको थियो । सोमबार राष्ट्रिय सभाले पनि पारित गरेर पुनः प्रतिनिधिसभामै पठाएको छ।

अब आजै दिउँसो दुई बजे बस्ने प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभाले पारित गरेको संदेश पेश हुनेछ । र प्रतिनिधिसभाले सभामुख हुँदै प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ र प्रमाणिकरण भएपछि कार्यान्वयनमा जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?