+
+

धामीको हत्या आरोपमा ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते १३:३१

११ असोज, रौतहट । रौतहटमा धामी हत्याको आरोपमा तीन जना पक्राउ परेका छन् ।

धामी झाँक्रीको काम गर्दै आएका चन्द्रपुर नगरपालिकाका-५० वर्षीय रोहिणीप्रसाद घोरासैनीको शव २६ भदौमा गैंडाटारस्थित कालापानी सामुदायिक वनभित्र रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

प्रहरीले घटना शंकास्पद रहेको भन्दै अनुसन्धानका लागि नवलपरासी पूर्वका सूर्यबहादुर भण्डारी,  चन्द्र नगरपालिका, गैंडाटारका प्रल्हाद फुयाँल र पर्साको पर्सागढी नगरपालिकाका रमेश पहरीलाई पक्राउ गरेको छ ।

प्रहरीले शुरुमा पर्साका २४ वर्षीय रमेश पहरीलाई पक्राउ गरेको र उनको वयानका आधारमा अरु दुई जना पक्राउ परेका हुन् । रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेका अनुसार पहरीले कप्तान टोलका सहदेव भन्ने डोलप्रसाद बोलखेको योजनामा घटना भएको बताएका छन् ।

बोलखेको परिवारका सदस्य बिरामी भएको दोष धामीलाई लगाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको घिमिरेको भनाइ छ । बोलखेले घोरासैनीको हत्याका लागि ३ लाख रुपैयाँ दिएको पनि अभियुक्तहरुले बयानका क्रममा बताएको एसपी घिमिरेले बताए ।

पक्राउ परेका तीनैजनालाई ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि थुनामा राख्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ । सहदेव भन्‍ने डोलप्रसाद बोलखे फरार रहेकोले उनको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?