+
+

गुगल स्थापनाको २३ वर्ष पूरा, दुई युवाको साझेदारीले विश्व बदलेको त्यो क्षण

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते १४:१३

११ असोज, काठमाडौं । २३ वर्षअघि पिएचडीका दुई विद्यार्थीले ‘भिमकाय सर्च इन्जिन’ बनाउने सोचमा काम गर्न थाले । उनीहरूको सो परियोजना विश्वको सबैभन्दा ठूलो सर्च इन्जिन बन्न पुग्यो । अहिले गुगल स्थापना भएको २३औं वर्ष पुगेको छ र सबैभन्दा ठूलो सर्च इन्जिन गुगलले आफ्नो स्थापना दिवस एनिमेटेडे डुडल केकसँगै मनाएको छ ।

‘गुगलमा हरेक दिन विश्वभर १५० भाषामा अर्बौं सर्च हुने गर्छन् र गुगलका सुरुवाती दिनभन्दा अहिले धेरै परिवर्तन भएको छ । सुरुमा टोय ब्लकबाट बनेको क्याबिनेटमा पहिलो सर्भर थियो भने अहिले यसका सर्भर २० भन्दा बढी डाटा सेन्टरमा छन् र सबैका लागि विश्वको सूचनामा पहुँच दिने यसको मिसन भने उही छ’, गुगलले डुडलसहितको बायोमा लेखेको छ ।

गुगलका संस्थापकद्वय लरेन्स पेज र सर्गेइ ब्रिनबीच पहिलो पटक स्टानफोर्ड विश्वविद्यालयको कम्प्युटर साइन्स विभागमा भेट भएको थियो । त्यतिबेला पेज २२ वर्षका र ब्रिन २१ वर्षका थिए । पहिलो भेटदेखि नै उनीहरूबीच हरेक कुरामा विवाद वा असहमति हुने गर्थ्यो ।

पेज मिचिगन विश्वविद्यालयबाट ग्र्याजुएशन गरेपछि स्टानफोर्डमा पिएचडी पढ्न आएका थिए । पिएचडी पढ्न आएका ब्रिनले उनलाई क्याम्पस वरपर गुमाएका थिए । यो कुरा सन् १९९५ को हो । १९९५ सकिएसँगै १९९६ आयो र पेज र ब्रिनबीच एउटा यस्तो साझेदारी बन्यो जसले इतिहासको दिशा र गति नै बदलिदियो ।

गुगलका संस्थापकद्वय लरेन्स पेज र सर्गेइ ब्रिनबीच पहिलो पटक स्टानफोर्ड विश्वविद्यालयको कम्प्युटर साइन्स विभागमा भेट भएको थियो । त्यतिबेला पेज २२ वर्षका र ब्रिन २१ वर्षका थिए । पहिलो भेटदेखि नै उनीहरूबीच हरेक कुरामा विवाद वा असहमति हुने गर्थ्यो ।

पेज र ब्रिन मिलेर ब्याकरब विकास गरे । ब्याकरब भनेको एउटा यस्तो अल्गोरिदम हो जसले वेबमा गएर यसको गणितीय सोपानक्रम थाहा पाउन सकिन्छ र वेब पेजतर्फ लक्षित लिङ्कका आधारमा पेजको श्रेणी निर्धारण हुन्छ ।

पछि उक्त सर्च इन्जिनको नाम गणितीय शब्द ‘googol’ का आधारमा गुगल राखियो । ‘googol’ भनेको एकपछि सयवटा शून्य राखिने अंक हो । सन् १९९७ को सेप्टेम्बर महिनामा पेज र ब्रिनले आफ्नो सर्च इन्जिनको डोमेन नाम दर्ता गरे । दर्ता गर्नुअघि उनीहरूको सर्च इन्जिनले स्टानफोर्डको अधिकांश ब्यान्डविथ प्रयोग गरेको थियो । नयाँ डोमेनको नाम गुगल डट कम राखियो ।

सन् १९९८ को अगस्टमा बजारमा प्रतिस्पर्धा सामना गरिरहेको कम्प्युटर हार्डवेयर तथा सफ्टवेयर कम्पनी सन माइक्रोसिस्टमका सह-संस्थापक एन्डी बेच्टोल्सेमले गुगलका नाममा एक लाखको चेक काटिदिए । तर सो समयमा गुगल नामक कम्पनी अस्तित्वमा थिए । सोही वर्षको सेप्टेम्बर महिनामा पेज र ब्रिनले क्यालिफोर्नियामा दर्ता गराए र बेच्टोल्सेमको काटेको चेक प्रयोग गर्न सकियोस् भने भर्खरै दर्ता भएको कम्पनीको नाममा ब्याङ्क एकाउन्ट समेत खोले ।

पेज र ब्रिनले क्यालिफोर्नियास्थित सुजान वोजिस्कीको ग्यारेजमा नयाँ अफिस राखे । अर्को वर्ष वोज्सिक्की गुगलको मार्केटिङ म्यानेजर बनिन् र हाल उनी युट्युबको सिईओ छन् । त्यसपछिका दिनमा गुगलले निकै ठूलो प्रगति गर्‍यो र तीव्र प्रगतिसँगै विश्वको एउटा प्रमुख टेक कम्पनी बन्न सफल भएको छ ।

हाल गुगलले आफ्नो सर्च इन्जिन सेवामात्रै प्रदान गर्दैन । कम्पनीले आफ्नो सेवालाई सर्च इन्जिनसहित क्लाउडमा आधारित डक्स, शीट्स् र स्लाइडलगायतका प्रोटक्टिभिटी सफ्टवेयरदेखि पिक्सेल जस्ता स्मार्टफोन उत्पादन र विस्तार गरेको छ ।

त्यस्तै गुगले सफ्टवेयर प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको अनुसन्धान तथा विकासमा निकै ठूलो योगदान गर्दै आएको छ । हालै गुगलले क्वान्टम कम्प्युटिङमा समेत ठूलो सफलता हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?