
११ असोज, काठमाडौं । दूग्ध विकास संस्थान डीडीसीको अखाद्य घिउ बिक्री प्रकरणमा मुछिएका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र राय मन्त्रालय तानिएका छन् ।
सोमबारबाट लागू हुने गरी उनलाई विभागको जिम्मेवारीबाट हटाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
डीडीसीको घिउ बिक्री प्रकरणमा फितलो छानबिन गरेर मुद्धा कमजोर बनाएर बुझाएको आरोप रायमाथि थियो ।
मन्त्रालयले विभागको महानिर्देशकमा सोमबारबाट हाजिर हुनेगरी डा.मतिना जोशी वैद्यलाई नियुक्त गरेको छ । उनले यस अघि पनि विभागमा महानिर्देश्कको जिम्मेवारी निभाइसकेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4