+
+

विद्यार्थी संगठनले लिपुलेकको मुद्दा उठाउनुपर्छ : नारायणकाजी श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ११ गते १८:५३

११ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले विद्यार्थी संगठनले लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषय उठाउनुपर्ने बताएका छन् ।

सोमबार भक्तरपुरको सल्लाघारीमा पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को वागमती प्रदेश स्तरीय भेलामा उनले विद्यार्थी संगठनले राष्ट्रियताको मुद्दा उठाउनुपर्ने बताए । ‘लिपुलेक, लिम्पियाधुरा र कालापनीका समस्या उठाउनु विद्यार्थी संगठनहरुको कर्तव्य र दायित्व हो’ उनले भने ।

कार्यक्रममा माओवादी क्रेन्द्रका नेता हितमान शाक्य, नारायण दाहाल र दिलिप प्रजापति, अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने, रत्न ढकाल, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, महासचिव उत्तम अधिकारीलगायतका नेताले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?