+
+

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राइभेट वार्ड सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १३:४६

१२ असोज, दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २५ बेडको प्राइभेट वार्ड सञ्चालनमा आएको छ । प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवको अवसर पारेर मंगलबारदेखि प्राइभेट वार्ड सञ्चालनमा ल्याइएको हो ।

प्राइभेट वार्डमा बिरामीका लागि छुट्टाछुट्टै क्याबिन बेडसहित एसी सुविधा, प्रत्येक बेडका लागि छुट्टाछुट्टै शौचालय, अपाङ्गमैत्री शौचालय, लिफ्टबाट क्वाबिनसम्म जाने व्यवस्था, चिकित्सक र स्वास्थ्यकर्मीको चौबीसै घण्टा उपलब्धतासहितको सेवा दिइने उपकुलपति प्राध्यापक डा. संगीता भण्डारीले जानकारी दिइन् ।

प्राइभेट वार्ड सेवा दाङका लागि पहिलो र नवीनतम् सेवा भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले आगामी वर्षदेखि शैक्षिक कार्यक्रम शुरु गर्ने तयारीमा रहेको शिक्षाध्यक्ष डा. वसन्त लामिछानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?