+
+

सर्लाहीमा ट्याक्टरको ठक्करबाट युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १२ गते १७:४०

१२ असोज, जनकपुरधाम। सर्लाहीमा मंगलबार ट्याक्टरले दिएको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

गोडैटा नगरपालिका २ स्थित सिमरा भगवतीपुरमा ना ६ त ८५४ नम्बरको ट्याक्टरले दिएको ठक्करबाट सोही नगरपालिकाको वडा नम्बर ६ निवासी २३ बर्षीय रुपेश बैठाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बीआर०७भी ५३१६ नम्बरको मोटरसाइकलमा सबार रहेका बैठालाई ट्याक्टरले ठक्कर दिँदा घट्नास्थलमै मृत्यु भएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

ठक्कर दिने ट्याक्टरलाई नियन्त्रणमा लिएको तथा फरार भएका त्यसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?