+
+

कांग्रेसको ५ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १३ गते १०:४२

१३ असोज, काठमाडौं । नेपाली कांग्रेसमा पाँच जिल्लाको मात्रै क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ । मंगलबार थप तीन जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भएको हो ।

मंगलबार कैलाली, सर्लाही र धनुषाको क्रियाशील सदस्यता सार्वजनिक भएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । योसँगै ७२ जिल्लामा क्रियाशील सदस्यता विवाद टुंगिएको हो । श्रेष्ठका अनुसार रसुवा, सप्तरी, रौतहट, बारा र पर्साको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ ।

कांग्रेसमा १४ औं महाधिवेशन अन्तर्गत स्थानीय अधिवेशन भइरहेका छन् । वडा अधिवेशन सम्पन्न ६४ जिल्लामध्ये करिव ६९ जिल्लामा पालिका अधिवेशन सम्पन्न भइसकेका छन् । बाँकी जिल्लामा दशैंअघि पालिका अधिवेशन सम्पन्न भइसक्ने कांग्रेसले जनाएको छ ।

कांग्रेसले २१ हिमाली जिल्लामा भने दशैं अघि जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरिसकेको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९-१३ सम्म काठमाडौंमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?