+
+

समूह बिजेता बन्दै पुलिस अन्तिम आठमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १३ गते १७:०९

१३ असोज, काठमाडौं । विभागिय टोली नेपाल पुलिस क्लब वाइवाइ डाइनामाइट एनभीए महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा गण्डकी प्रदेशलाई पराजित गर्दै समूह ‘बी’ बाट बिजेताको रुपमा अन्तिम आठमा प्रवेश गर्न सफल भएको छ ।

पुलिसले समूह चरणमा तीन खेलमा विजयी बन्दै कुल ९ अंक जोड्न सफल भएको हो । पुलिसले
गण्डकीलाई २५–१४, २५–१४, २५–१८ को सहज जित निकालेको हो । पुलिससँग पराजित भएको गण्डकी प्रदेश पनि समूह उपबिजेता को रुपमा अन्तिम आठमा स्थान बनाएको छ ।

यस्तै सोही समूहको अर्थहीन खेलमा मणिमुकुन्द भलिबल क्लबले दावाँली मिलन क्लबलाई ३–१ को सान्त्वना जित निकाल्यो । मणिमुकुन्दले दावाँलीलाई २५–१६, २१–२५, २५–१५ र २५–२३ ले पराजित गरेको हो ।

दशरथ रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगितामा भारतीय खेलाडी सम्मिलित टिपटप हेल्प नेपालले सनसनीपूर्ण खेलमा गलकोट स्पोर्टस् क्लबमाथि ३–१ को जित निकाल्यो । हेल्प नेपालले गलकोटलाई २५–१८, २२–२५, २५–२२ र २५–१९ ले पराजित गर्दै समूह ‘ए’ को बिजेता को रुपमा क्वाटरफाइनल प्रवेश गरेको हो । यस समूहबाट गलकोट स्पोर्टस् क्लब उपबिजेता भयो ।

चैत्र महिनमा आयोजना हुने क्लब लिग भलिबल प्रतियोगिताका लागि यसै खेलका आधारमा पुरुषतर्फ ७ र महिला तर्फ ५ टिमले स्थान बनाउने छन् ।

च्याम्पियन हुने पुरुष तथा महिला टोलीले समान ४ लाख नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै दोश्रोले २ लाख र तेश्रोले १ लाख सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । च्याम्पियनसिपका उत्कृष्ट महिला तथा पुरुष खेलाडीले नगद २५ हजार र विधा अन्तरगत स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही नगद १० हजार प्राप्त
गर्ने छन् ।

रिमिक्स ललितपुर जिल्लाब्यापी ब्याडमिन्टन बिहीबारबाट

बालकुमारीस्थित रिमिक्स क्लबको आयोजनामा बालकुमारी रिमिक्स क्लब सातौं ललितपुर जिल्ला ब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ बिहीबारदेखि शुरु हुने भएको छ ।

ललितपुर जिल्ला भित्रका राष्ट्रिय उच्च २० र्‍याङिकङ बाहेकका पुरुष युगल र ४५ वर्ष माथिका भेट्रान्स खुल्ला गरि दुई विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक पूर्णभक्त चित्रकारले जानकारी गराए ।

आयोजकको आफ्नै कोर्टमा तीन दिन सम्म संचालन हुने प्रतियोगितामा पुरुष युगल तर्फ ६१ टिमको सहभागिता रहेको प्रतियोगिता रेफ्री अनुप रत्न शाक्यले जानकारी गराए ।

प्रतियोगितामा विजयी शीर्ष तीन टिमले मेडल, ट्रफी, प्रमाण पत्रका साथै पुरुष युगलतर्फ प्रथमले ६५ हजार, द्वितीयले ४० हजार र तृतीय द्वयले २०–२० हजार तथा भेट्रान्सतर्फ प्रथमले ३० हजार, द्वितीयले २० हजार र तृतीय द्वयले १०–१० हजार प्राप्त गर्ने संयोजक चित्रकारले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?