+
+

प्रधानमन्त्री प्रचण्ड देउवालाई भेट्न बूढानीलकण्ठ पुगे

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते ९:२३

१३ जेठ, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगेका छन् ।

संसदको अवरोध हटाउन राजनीतिक सहमतिका लागि प्रचण्ड देउवालाई भेट्न उनकै निवास पुगेको उनको सचिवालयले जनाएको छ ।

कांग्रेस नेताहरू बिहानैदेखि देउवा निवासमै छलफल गरिरहेका छन् ।

यसपछि प्रधानमन्त्रीले छलफलका लागि दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । त्यसअघि देउवाले आन्तरिक छलफल गरिरहेका छन् ।

आज प्रतिनिधि सभाको बैठक बस्दैछ । आगामी वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रम पास गर्ने सम्भावित कार्यसूची छ ।

कांग्रेसले भने सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद बैठक अवरोध गर्दै आएको छ ।

समिति गठनका लागि कार्यदल निर्माण भए पनि कार्यादेश टुङ्गिन नसकेपछि त्यसको जिम्मा शीर्ष नेतालाई नै दिएको छ  । शीर्ष नेताहरूको बैठक पनि आजै बस्ने तयारी छ ।

कांग्रेसले  भने आजै काठमाडौं उपत्यकाव्यापी विरोध प्रदर्शन गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?