+
+

पालिका अधिवेशन : कपिलवस्तुमा पौडेल पक्षको वर्चश्‍व

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १४ गते १५:५४

१४ असोज,बुटवल । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तरगत कपिलबस्तु जिल्लामा भएको गाउँ/नगर अधिवेशनमा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको वर्चश्व देखिएको छ ।

जिल्लाका १० पालिकामध्ये ९ वटा पालिकामा सम्पन्न अधिवेशनमा पौडेल पक्षका ७ जना र शेरबहादुर देउवा पक्षका २ जना सभापति निर्वाचित भएका हुन् ।
कपिलबस्तुको सदरमुकाम कपिलबस्तु नगरपालिकाको सभापतिमा पौडेल पक्षका खुर्सेद अहमद खाँ निर्वाचित भएका छन् । उनले ८२ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी देउवा पक्षका कृष्ण शर्माले ६५, प्रशान्त कार्कीले ५६ र मायाँ ज्ञवालीले ७ मत प्राप्त गरेका छन् ।

त्यस्तै बाणगंगा नगरपालिकाको सभापतिमा पौडेल पक्षकै विष्णुबहादुर थापा निर्वाचित भएका छन् । उनले १२१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी देउवा पक्षका बिरेन्द्र श्रेष्ठले १०५ र रबिराज आचार्यले ४१ मत प्राप्त गरेका छन् ।

यस्तै बुद्धभूमि नगरपालिकाको सभापतिमा माधव दमासे विजयी भएका छन् । दमासेले १९४ मत प्राप्त गर्दा देउवा पक्षका शुशिलकुमार चौधरीले ४० मत प्राप्त गरेका छन् ।

शिवराजनगरपालिकाको सभापतिमा पौडेल पक्षकै मधुसुदन पोखरेल ११८ मत सहित विजयी भएका छन् । अर्का प्रतिस्पर्धी देउवा पक्षका राजु खरालले ८७ मत प्राप्त गरेका छन् । कृष्णनगर नगरपालिकाको सभापतिमा पौडेल पक्षकै देवानन्द शुक्लाले ९५ मत सहित निर्वाचित भएका छन् ।

उनका प्रतिस्पर्धी देउवा पक्षका अजय उपाध्यायले ७९ मत प्राप्त गरेका छन् । शुद्धोधन गाउँपालिकाको सभापतिमा देउवा पक्षका विश्वम्भर कुर्मी विजयी भएका छन् । उनले ५७ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी ौडेल पक्षका रामनयन यादवले ४४ मत प्राप्त गरेका छन् ।

यस्तै मायादेवी गाउंपालिकाको सभापतिमा पौडेल पक्षकै शैलेन्द्र दुवे निर्वाचित भएका छन् । दुवेले ७३ मत प्राप्त गर्दा तबारक मुसलमानले ५९ मत प्राप्त गरेका छन् । विजयनगर गाउंपालिकाको सभापतिमा १ मतले देउवा पक्षका जानकीप्रसाद यादव निर्वाचित भएका छन् ।

यादवले ५३ मत प्राप्त गर्दा पौडेल पक्षका राजेश उपाध्यायले ५२ मत प्राप्त गरेका छन् । जिल्लाको यशोधरा गाउँपालिका वडा नं. ७ मा विवाद भएका कारण उक्त गाउँपालिकाको अधिवेशन हुन नसकेको जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्तले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?