+
+

बुद्ध एयर प्रकरण : विमान नियमित उडानमा, तर पाइलटलाई प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १४ गते १७:०५

१४ असोज, काठमाडौं । बुद्ध एयरको एटीआर–७२ विमानका क्याप्टेन आङगेलु शेर्पासहित चालक दलका सदस्यलाई उडानमा अस्थायी प्रतिबन्ध लगाएको छ ।

ल्याण्डिङ गियरमा समस्या आएको भन्दै विराटनगरमा पुगेर पनि पुनः काठमाडौंमै जहाज अवतरण गराउने जहाजका क्याप्टेन शेर्पासहित चालक दलका सदस्यलाई उडानमा अस्थायी प्रतिबन्ध लगाएको छ ।

अनुसन्धानको क्रममा जहाजमा प्राविधिक समस्या नरहेको भेटिएपछि चालक दललाई जहाज उडानमा अस्थायी प्रतिबन्ध लगाएको छ । तर उक्त जहाज अहिले नियमित उडानमा छ । बुद्ध एयरका अधिकारीहरुका अनुसार कम्पनी र प्राधिकरणका इन्जिनियरले गरेको अध्ययनपछि जहाज रिलिज भएको हो ।

असामान्य परिस्थिति आएका कारण चालक दलमा पर्न सक्ने मानसिक चापलाई ध्यानमा राखी नेपाल नागरिक उड्डयन प्राधिकरणको उडान सुरक्षा हेर्ने विभागले चालक दलका सदस्यहरुलाई उडानमा रोक लगाएको हो ।

चालकसहित अन्य सदस्यले प्राधिकरणको सामान्य प्रशिक्षण समेत लिनुपर्नेछ । जहाँ उनीहरुलाई ‘रिफ्रेस’ गराइन्छ । प्राधिकरणका अनुसार ‘इन्सिडेन्ट (दुर्घटना नभएको अवस्था)मा चालक र उनको टीममा पर्न सक्ने मानसिक चाप कम गर्न केही समय ग्राउण्डेड गर्ने प्रचलन रहेको छ । बुद्ध एयरका एक अधिकारीका अनुसार अब प्राधिकरणले बुद्ध र प्राधिकरणकै टीमले दिने प्रतिवेदन अध्ययन गरेर उनीहरुको लाइसेन्स फुकुवा गर्नेछ । यो काम एक÷दुई दिनमै हुने उनले बताए ।

गत सोमबार काठमाडौंबाट विराटनगर उडेको जहाजमा पांग्रा खुलेको जनाउन दिने इन्डिकेटरले काम नगरेको भन्दै जहाज काठमाडौं फिर्ता भएको थियो । पछि पांग्रा खुलेको देखिएपछि जहाजलाई काठमाडौं सुरक्षित अवतरण गराइएको थियो । यो समस्यापछि जहाजमा कुनै समस्या नरहेको भन्दै प्राधिकरणले जहाज रिलिज गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?