+
+
एमाले विधान महाधिवेशन :

मुख्य मञ्चमै देखिएन पुष्पलाल, मदन र मनमोहनको तस्वीर, ओलीको जताततै

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७८ असोज १५ गते २०:१०

१५ असोज, काठमाडौं । नेकपा एमालेको पहिलो विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुरु भएको छ । तर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलमा भएको महाधिवेशन उद्घाटन समारोहको मुख्य मञ्चमा विगतमा जस्तो पुराना कम्युनिष्ट नेताहरुको तस्वीर राखिएको छैन ।

एमालेले आफ्ना कार्यक्रमहरुमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, एमाले महासचिव मदन भण्डारी र प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको ठूला तस्वीर राख्ने गर्दथ्यो । विधान महाधिवेशनको हलको मुख्य मञ्चमा यी तस्वीर राखिएको छैन ।

बीचमा चुनाव चिह्न सूर्य छ भने दायाँ–बायाँ नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।

हलभित्र ‘जनताको बहुदलीय जनवाद’ लेखिएको अर्को एक ब्यानरको बायाँतर्फको कुनामा भने पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको तस्वीर देखिन्छ ।

महाधिवेशनस्थल सम्मेलन केन्द्र परिसरका ठाउँठाउँमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पूर्ण कदको मस्कट राखिएको छ ।

विधान महाधिवेशनमा देशभरका ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी छन् । तीन दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गर्नेछन् । शनिबार समूहगत रुपमा छलफल गरी आवश्यक सुझावसहित ती प्रतिवेदनहरु पारित हुनेछन् । विधान महाधिवेशनले पार्टीको नीति र विधि तय गर्ने पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

एमालेको राष्ट्रिय महाधिवेशन भने आगामी मंसिरमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?