१६ असोज, काठमाडौं । नेपाली कांग्रेसको रुकुम पूर्वको जिल्ला सभापतिमा केशरमान रोका सर्वसम्मत सभापतिमा निर्वाचित भएका छन् । पूर्वसहायक मन्त्रीसमेत रहेका रोका निवर्तमान पार्टी सभापति पनि हुन् ।
लुम्बिनी प्रदेशका जिल्लामध्येमा सभापति निर्वाचित हुने रोका पहिलो हुन् । उपसभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाम, सचिवमा लोकेन्द्र शाह र हरिबहादुर केसी, सहसचिवमा धनप्रताप बुढा मगर र खड्कबहादुर घर्ती निर्वाचित भएका छन् । जिल्ला कार्यसमितिका सबै सदस्य सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
शनिबार नै मुस्ताङ जिल्ला सभापतिमा रोमी गौचन थकाली निर्वाचित भएका छन् । अहिलेसम्म अधिवेशन सकिएका दुई जिल्लामा सभापति निर्वाचित भएका दुबै जना रामचन्द्र पौडेल पक्षका हुन् ।
| ReplyForward | 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4