
१६ असोज, काठमाडौं । नेपाली कांग्रेसको बुढानीलकण्ठ नगर सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा उनी १५५ मत ल्याई विजयी भए ।
सभापति पदका प्रत्यासी राजन बुढाथोकीले ६८ र राजुबिक्रम थापाले ४८ मत ल्याए । सभापतिमा निर्वाचित बुढाथोकी नेता गगन थापा निकटका हुन् ।
त्यस्तै उपसभापतिमा सानुकान श्रेष्ठ र शम्भु कार्की निर्वाचित भएका छन् । सचिवमा विजेन्द्र पुडासैनी र विजेन्द्र श्रेष्ठ, सहसचिवमा कुमार खड्का र निर्मला आचार्य पौडेल निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4