+
+

राजस्थानले चेन्नाइलाई हरायो, गायकवाडको शतक छायामा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते ७:४१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ मा शनिबारको दोस्रो खेलमा राजस्थान रोएल्सले चेन्नाई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ ।

ओपनर रुतुराज गायकवाडको शतक मद्दतमा चेन्नाइले पहिले ब्याटिङ गर्दै चार विकेट गुमाएर १८९ रन बनाएको थियो । तर यशस्वी जैसवाल र शिभम दुबेले आक्रमक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि राजस्थानले १९० रनको लक्ष्य १७.३ ओभरमा ३ विकेट मात्र गुमाएर पूरा गरेको हो ।

दुबेले ४२ बल खेल्दै चार चौका र चार छक्का मद्दतमा अविजित ६४ रन बनाए । त्यसअघि जैसवालले २१ बल खेल्दै ६ चौका र तीन छक्का मद्दतमा ५० रन बनाएका थिए । यस्तै कप्तान सन्जु सामसनले २४ बलमा २८ रन जोडे । ओपनर एभिन लेविसले १२ बल खेल्दै दुई चौका र दुई छक्का मद्दतमा २७ रन बनाए । चेन्नाइका शार्दुल ठाकुरले दुई विकेट लिए ।

त्यसअघि आबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले गायकवाडको शतक मद्दतमा १८९ रन बनाएको थियो । गायकवाडले ६० बल खेल्दै नौ चौका र पाँच छक्का मद्दतमा अविजित १०१ रन बनाए । रवीन्द्र जडेजाले १५ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा अविजित ३२ रन जोडे ।

फाफ डु प्लेसिसले २५ र मोइन अलीले २१ रन बनाए । बलिङमा राजस्थानमा राहुल तेवाटियाले तीन विकेट लिए ।

जितपछि १२ खेलबाट १० अंक जोडेको राजस्थान छैटौं स्थानमा उक्लेको छ र प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ । यसअघि नै प्लेअफ पुगिसकेको चेन्नाइ १८ अंकसहित शीर्ष स्थानमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?