+
+

म गलत रहेछु, ‘महानायक’ राजेश हमाल नै हुन् : शोभित बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १५:२७

निर्देशक शोभित बस्नेतले ‘महानायक’ राजेश हमाल नै भएको भन्दै आफू गलत रहेको बताएका छन् । आज काठमाडौंमा आयोजना गरिएको चलचित्र ‘डाँडाको वर पिपल’को ट्रेलर रिलिज कार्यक्रममा शोभितले हमालको तस्वीरलाई प्रमुख अतिथि बनाएका थिए ।

हमालको फोटोलाई प्रमुख अतिथि बनाउनुको कारणबारे शोभितले भने, ‘मैले जहिले पनि महानायकभन्दा सुपरस्टार ठूलो भन्ने ठान्थेँ । यसैले, चलचित्र क्षेत्रमा राजेश हमालभन्दा ठूलो कोही पनि छैन भनेर उहाँलाई सुपरस्टार भनेको हुँ । तर, म गलत रहेछु । यसैले, सबैसँग माफी माग्दै आजबाट हरेक ठाउँमा राजेश हमाललाई नै महानायक भन्नेछु । मेरो लागि अब सुपरस्टार भुवन केसी हुनुहुन्छ ।’

शोभितले हमाल नै ‘महानायक’ रहेको स्वीकार गर्दै आफूले उनको तस्वीरलाई प्रमुख अतिथि बनाएको समेत बताए । आफूले फेरि अर्को विवाद निकाल्न र चलचित्र चलाउनका लागि हमाललाई ‘महानायक’ नमानेको शोभितको तर्क थियो ।

यसअघि यो चलचित्रको गीत रिलिज कार्यक्रममा शोभितले नेपाली चलचित्र क्षेत्रको ‘महानायक’ भएको बताएका थिए ।

आज आयोजना भएको पत्रकार सम्मेलनमा चलचित्रका मुख्य कलाकारहरु नायकद्वय भुवन केसी र शिव श्रेष्ठ, नायिका गौरी मल्ल भने उपस्थित थिएनन् । शोभितले चलचित्रका अन्य कार्यक्रम पनि आयोजना गर्न बाँकी रहेको भन्दै मुख्य तीन कलाकार उपस्थित नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?