+
+

जर्मनीमा मन्डेकाजीलाई दुई स्वर्ण 

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते १५:५२

१७ असोज, काठमाडौं । चेमनित्ज ओपन कराते प्रतियोगितामा नेपालले ४ स्वर्ण र २ कास्य पदक जितेको छ ।

सिनियर एकल कातातर्फ र  ३० बर्षमाथिको एकल कातामा गरी मन्डेकाजी श्रेष्ठले दुई स्वर्ण पदक जिते ।  त्यसैगरी मुकुन्द महर्जनले ३० वर्षमाथिको उमेर समूहमा स्वर्ण र ७५ केजी तौल समूहमा कास्य पदक जिते । त्यस्तै सुमन तिमिल्सिनाले उमेर समूहमा एक स्वर्ण र सिनियर एकल कातातर्फ कास्य पदक जिते ।

प्रतियोगितामा जर्मन, पोल्यान्ड, अस्ट्रिया, अजर्बैजान,  इरान,  नेदरल्यान्ड, स्पेन, बेल्जियमलगायतका देश सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?