+
+

रियल मड्रिड स्पानयोलसँग स्तब्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते ७:३२

काठमाडौं । स्पानिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिड स्पानयोलसँग पराजित भएको छ ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा स्पानयोलले रियल मड्रिडमाथि २-१ को जित हात पारेको हो ।

घरेलु मैदानमा खेलको १७औं मिनेटमा राउल थोमसले गोल गर्दै स्पानयोललाई अग्रता दिलाएका थिए । ६०औं मिनेटमा एलेक्स भिदालले गोल गर्दै स्पानयोलको अग्रता दोब्बर पारे ।

७१ औं मिनेटमा करिम बेन्जामाले एक गोल फर्काए पनि रियलले हार टार्न सकेन ।

सिजनको पहिलो हारपछि पनि रियल ८ खेलमा १७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । समान १७ अंक रहेको एट्लेटिको मड्रिड र रियल सोसिडाड दोस्रो र तेस्रो स्थानमा छन् ।

सिजनको दोस्रो जितपछि स्पानयोल ८ खेलबाट ९ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?