+
+
Shares

चन्द्रागिरि कांग्रेसमा गिरीको प्यानल सर्वसम्मत

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते ८:१६

१८ असोज, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाको कांग्रेस सभापतिमा घनश्याम गिरी निर्वाचित भएका छन् । गिरी चन्द्रागिरि नगरपालिकाका मेयरसमेत हुन् ।

आइतबार राति अबेर सर्वसम्मत रुपमा गिरीको नेतृत्वमा प्रकाशमान सिंह पक्षको प्यानल नै चुनिएको हो ।

उपसभापतिमा इन्द्रावती श्रेष्ठ र राजेन्द्र विक्रम वानियाँ चुनिएका छन् । सचिवमा राजेन्द्र महर्जन र नविन महर्जन तथा सहसचिवमा जीवन गिरी र भुवन श्रेष्ठ चुनिएका छन् ।
कोषाध्यक्ष मञ्जय प्रकाश श्रेष्ठ बनेका छन् ।

अब कीर्तिपुर नगरपालिका र दक्षिणकाली नगरपालिकामा नेतृत्व चयन हुन बाँकी छ । कीर्तिपुरमा पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको छ ।

दक्षिणकालीमा एउटा वडामा क्रियाशील सदस्यताको विवादका कारण नेतृत्व चयनको प्रक्रियामा ढिलाइ भएको छ ।

काठमाडौं महानगरपालिकामा नीलकाजी शाक्यको प्यानल विजयी भएको छ । काठमाडौं महानगरपालिकामा प्रकाशमान सिंह र गगन थापाले तालमेल गरेका थिए ।

शंखरापुर, गोकर्णेश्वर र नागार्जुन नगरपालिकामा सिंहनिकट प्यानल विजयी भएको छ । देउवाको गृहनगर बुढानीलकण्ठमा गगन थापानिकट प्यानल विजयी भएको छ । त्यस्तै, तारकेश्वर र टोखा नगरपालिकामा कृष्णप्रसाद सिटौलानिकट प्यानल विजयी भएको छ । कागेश्वरी मनोहरा नगरपालिकामा देउवा समूहले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?