+
+
Shares

कांग्रेसको काठमाडौं महानगर सभापतिमा नीलकाजी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १७ गते २०:४७

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका नगर सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् । आइतबार भएको मतदानमा मतगणनामा प्रकाशमान सिंह-गगन थापा समूहको प्यानल नै विजयी भएको छ ।

नगर सभापतिमा निर्वाचित शाक्यले ७८६ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संस्थापन समूहका उम्मेदवार प्रगतिमान रञ्जितले ३२९ मत मत पाए ।

उपसभापतिमा सन्तकुमार महर्जन र सुशीला ढकाल, सचिवमा सुशन बैद्य र पुरुषोतम खकुरेल तथा सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?