+
+

शशांक र प्रकाशमान विमलेन्द्रको निवासमा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १:५०

१८ असोज, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै सभापति पदका तीन आकांक्षी विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहबीचको भेटवार्ता बाक्लिएको छ ।

उपसभापति निधि, महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहबीच सोमबार दिउँसो छलफल भइरहेको छ । निधि निवास मध्यबानेश्वरमा जारी छलफलमा महाधिवेशनमा सहमतिमा नेतृत्व चयनका बारेमा छलफल भइरहेको बताइएको छ ।

कांग्रेसका संस्थापक नेताहरु वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरुबीच निरन्तर छलफल भएपनि नेतृत्वका लागि एक जनाको नाममा सहमति हुन सकेको छैन । १४ औं महाधिवेशनमा सहमतिमा नेतृत्व चयनका लागि भन्दै विमलेन्द्र, शशांक र प्रकाशमानबीच पटकपटक छलफल हुँदै आएको छ । नेतृत्वमा तीनै जनाको दावी छ ।

केहिदिन अघि महामन्त्री कोइराला निवासमा भएको छलफलमा केन्द्रीय महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्न पार्टीभित्र भूमिका निर्वाह गर्ने र सर्वसम्मत नेतृत्वका लागि सभापतिका सबै आकांक्षीसँग छलफल गर्ने निर्णय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?