+
+
Shares

शेयर बजारबारे महासंघले भन्यो–नीतिगत सुधार आवश्यक

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १९:३८
फाइल तस्वीर

१८ असोज, काठमाडौं । शेयर बजारका विषयमा निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो धारणा सार्वजनिक गरेको छ । केही दिन यता शेयर बजार लगातार घटेको र एक महिनाको अन्तरालमा नै ८ खर्ब पुँजीकरण घटेको लगानीकर्ताहरुको गुनासो छ ।

लगानीकर्ताको गुनासोको विषयमा पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्दै महासंघले नीतिगत समस्याका कारण बजार घटेको भन्दै तत्कालै नीतिहरु संशोधन गर्न समेत माग गरेको छ । मूल्य जस्तो संवेदनशील विषयमा अन्य निकायहरुको हस्तक्षेप हुनु, बैंक तथा वित्तीय र बिमा कम्पनीहरुको लगानी सीमालाई संकुचन गरिनु, शेयर धितो कर्जामा लगाइएको एकल ग्राहक कर्जा सीमा तोक्नु जस्ता नीतिका कारण पनि समस्या भएको महासंघको ठहर छ ।

‘सूचिकृत कम्पनीले आफ्नो आवश्कता अनुसार हकप्रद तथा अन्य विधिबाट पुँजी संकलन गर्न रोक लगाउनु, विद्युत नियमन आयोगबाट संस्थागत लगानीकर्ताले खरीद बिक्री गर्दा १५ दिन अगाडि नै स्वघोषणा गर्नुपर्ने व्यवस्था जस्ता विभिन्न नीतिगत परिवर्तनको कारण शेयरबजारमा असर परेको देखिन्छ’ महासंघद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

शेयर बजार परिसूचक घटबढ हुने क्रममा भदौ पहिलो साता यता समग्रमा पुँजी बजार ओरालो लागेको छ । यसले आम लगानीकर्तालाई समेत सशंकित बनाएको भन्दै महासंघले उक्त नीतिगत व्यवस्थाहरुको तत्काल संशोधन एवं परिमार्जन गर्नुपर्ने बताएको छ ।

पुँजी बजारसम्बन्धी नीति नियम बनाउँदा सरोकारवालाहरुसँग पनि छलफल र विमर्श गर्न साथै पुँजी बजारमा जोखिम पनि रहने हुँदा लगानीकर्ताहरुलाई आफूले कारोबार गर्न खोजेको कम्पनी बारेको वित्तीय लगायतका आवश्यक जानकारी हासिल गरी विवेकपूर्ण लगानी गर्न महासंघको सुझाव छ । यसैगरी संस्थागत लगानीकर्ताहरुको संख्या विस्तार पनि आवश्यक रहेको महासंघले बताएको छ ।

बजार व्यवस्थित बनाउन आवश्यक अन्य नीतिगत व्यवस्था, पर्याप्त सूचना प्रवाह हुने संयन्त्रको निर्माण, प्रविधिको उच्चतम प्रयोग र नयाँ लगानीका साधन एवं उपकरण बढाउन पनि महासंघले सम्बन्धित निकायसमक्ष माग गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?