+
+

चन्द्रागिरिमा राष्ट्रपति भण्डारीको खाना : सिस्नोको झोल र पोखरेली चामलको भात

१९ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ‘रिफ्रेस’ हुन भन्दै चन्द्रागिरि गएकी छन् । छोरीहरुसहित सोमबार राति चन्द्रागिरि हिल्स रिसोर्टमा बसेकी उनको खानाको मेनुमा सिस्नोको झोल, लोकल कुखुराको सुप र पोखरेली चामलको भात थियो । मंगलबार भालेश्वर मन्दिरमा पूजा गरेपछि उनी शितल निवास फर्किने कार्यक्रम छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते १०:२७
राष्ट्रपति विद्यादेवी भण्डारी । फाइल तस्वीर

१९ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ‘रिफ्रेस’ हुन भन्दै चन्द्रागिरि गएकी छन् । परिवारका सदस्यहरु सहित सोमबार दिउँसो चन्द्रागिरि हिल्स रिसोर्ट गएकी उनी राति उतै बसेकी थिइन् ।

उनी मंगलबार भालेश्वर मन्दिरमा पूजा गरेर र लञ्च खाएर शितल निवास फर्किने कार्यक्रम छ ।

शितल निवास स्रोतका अनुसार सोमबार राति राष्ट्रपति भण्डारीले टिपकल नेपाली खाना खाएकी थिइन् । स्रोतले अनलाइनखबरसँग भन्यो, ‘राष्ट्रपति ज्यूको मेनुमा सिस्नोको झोल, लोकल कुखुराको सुप र पोखरेली चामलको भात थियो ।’

माइक्रो बस चढेर गएकी थिइन् चन्द्रागिरि

छोरीहरुसहित उनी सोमबार दिउँसो दुई बजे चन्द्रागिरि पुगेकी थिइन् । सुरक्षा स्रोतका अनुसार चन्द्रागिरि पुग्न उनलाई हायस माइक्रोबसको व्यवस्था गरिएको थियो ।

कारगेड सुरक्षासहित यात्रा गर्दा ट्राफिक जाम हुने र अन्य यात्रुहरुले सास्ती पाउने भन्दै उनलाई माइक्रो बस चढाएर चन्द्रागिरि पुर्याइएको शितल निवास स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?