+
+

बैंकिङ कसुरमा २० लाख जरिवाना तोकिएका व्यक्ति महाराजगञ्जबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते १४:५०

१९ असोज, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका- ७ घर भइ हाल काठमाडौं महानगरपालिका-३ महाराजगञ्ज बस्‍दै आएका ३० वर्षीय सुजन तामाङ रहेका छन् ।

सुजनलाई काठमाडौंको महाराजगञ्‍जबाट मंगलबार पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्‍यूरोले जनाएको छ ।

उच्च अदालत पाटनको २०७७ साल पुस ६ गतेको पैसलाले तामाङलाई २० लाख जरिवाना र ८ दिन कैद सुनाएको थियो।

तामाङले २०७८७ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्यान पारी ग्लोबल आई.एम.ई बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई २० लाख रुपैयाँ बराबरको चेक काटेर दिएका थिए ।

बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो ।

पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा मंगलबार पेश गरिएको ब्‍यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्‍याम कुमार महतोले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?