+
+

१ करोड बराबरको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ३ गते १६:५९

३ पुस, काठमाडौं । १ करोड रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरका ४० वर्षीय विशालकुमार चौधरी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

५० लाख रुपैयाँ बिगो बराबरको मुद्दामा उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

त्यसैगरी जिल्ला अदालत बाँकेबाट पनि ५० लाख बिगो बराबरकै मुद्दामा पक्राउ पुर्जी जारी भएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

शंखमुलबाट पक्राउ परेका उनलाई प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?