+
+
Shares

तम्घासमा दशैंका लागि भित्रिन थाले भेडा च्याङग्रा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १९ गते १५:३७

१९ असोज, गुल्मी । दशैं नजिकिँदै गर्दा बजारमा भेडा च्याङग्रा बिक्री गर्नको लागि व्‍यापारीहरुले गुल्मी सदरमुकाम तम्घास ल्याउन थालेका छन्। दशैं पर्वमा कतिपयले बलि दिन र कतिपयल मासुको रुपमा खानाको लागि भेडा च्याङग्रा किन्‍ने गर्दछन्।

दशैंको लागि लक्षित गरेर बिभिन्‍न स्थानबाट तम्घास बजारमा भेडा च्याङग्रा बिक्री गर्नको लागि कोभिडका कारण व्यापारीहरु न्यून रुपमा आएका छन्। गुल्मीको सदरमुकाम तम्घासमा विशेष गरी छिमेकी जिल्ला तथा हिमाली जिल्लाहरुबाट भेडा च्याङग्रा बिक्री गर्नको लागि ल्याउने गर्दछन्।

यस वर्षको वडादशैंका लागि दाङ घोराहीबाट गुल्मी सदरमुकार तम्घासमा भेडा बिक्री आएको र यसपाली पनि खासै ब्यापार नभएको भेडा व्यापारीको भनाइ छ। कोरोना आउनभन्दा पहिलाका वर्षहरुको दशैंमा सयौं भेडा च्याङग्रा बिक्री गरेको आलम दाङबाट आएका भेडा व्यापारी सबनम खातुनले बताइन्।

व्‍यापारीहरु एउटा भेडाको ८ हजार देखि १० हजारसम्म हेरिकन बिक्री गर्ने गर्दछन्। कोरोना महामारीका कारण यसपटक भनेआफूहरु ठूलो नोक्सानी व्‍यहोरेको खातुनको भनाइ छ ।

गाउँमा पर्याप्त मात्रामा भेडा च्याङग्रा, खसी बोका पाल्ने व्यवसाय गर्नेहरु कम हुँदा मुल्य पनि बढ्दै गएको छ । हाल केहि मात्रामा भेडा च्याङग्रा बिक्री ल्याउने गरेता पनि खसीबोका बिक्री गर्न ल्याउनेको संख्या न्यून छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?