+
+

केयु टपर ऐश्वर्यालाई चान्सलर पदक

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते ७:२२

२० असोज, काठमाडौं । काठमाडौं विश्वविद्यालय अन्तर्गत स्कुल अफ आर्ट्सको विकास अध्ययनको स्नातकोत्तर तहमा उत्कृष्ट नतिजा ल्याएकी ऐश्वर्या रानी सिंहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले चान्सलर पदकबाट सम्मान गरेका छन् ।

जीपीए ४ ल्याएर प्रथम स्थान हासिल गरेकी सिंहलाई विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री देउवाले मंगलबार चान्सलर पदक प्रदान गरेका हुन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित उक्त कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापालगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?