+
+

पुजा र आँचलको वुझ्नै नसकिने मित्रता

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २० गते ११:५४

नायिकाद्धय आँचल शर्मा र पुजा शर्माको सम्बन्धको चर्चा सधै नै हुने गर्दछ । आँचल र पुजा कहिले निक्कै नजिक देखिन्छन् भने कहिले उनीहरुको भेटघाट औपचारिकतामा नै सिमित हुन्छ ।

पहिलो चरणको लकडाउनको समयमा आँचलको भन्दै एक फेक भिडियो सामाजिक संजालमा भाइरल गरियो । सो समयमा तनावमा रहेकी आँचललाई पुजाले फोन गरेर सँगै रहेको बताएकी थिइन् ।

उनीहरु एक अर्कालाई आरोप र प्रत्यारोप गर्दैनन् । तर, चलचित्र क्षेत्रमा कहिलेकाही उनीहरुविच प्रतिस्पर्धा देखिन्छ ।सोमबार आयोजना भएको ‘नेपाल बेष्ट म्युजिक भिडियो अवार्ड’मा पनि आँचल र पुजाको सम्बन्ध औपचारिकतामा मात्र सिमित देखियो ।

नायिका पुजा शर्माले आँचलसँग आफू भेट्दा बोल्ने तर अरु बेलामा भेटेर गफिएर नबस्ने बताइन् । उनले भनिन्–‘काम पर्दा बोलचाल हुन्छ । कुनै कार्यक्रममा भेट हुँदा कुराकानी गर्छौ । तर, अरु बेलामा हाम्रो खासै कुरा हुँदैन ।’

पुजाले भने जस्तै सोमबारको अवार्ड शोमा पनि देखियो । हलको पहिलो रोमा बसेकी आँचललाई पुजाले स्टेजमा अवार्ड वितरण गरेर फर्किदै गर्दा बोलाइन् । आँचल मुस्काइन् र दुइविच अंकमाल भयो । यसपछि, आँचल र पुजाले कैयौ पटक स्टेज शेयर गरे । तर, उनीहरुविच स्टेजमा भने खासै बोलचाल भएन ।

कार्यक्रम सकिएपछि आँचल आफ्नो बाटो लागिन् भने पुजा आफ्ना निकटका संगीतर्कीसँग रमाइन् ।

यो कार्यक्रम चलचित्र क्षेत्रका चर्चित दुई नायिका पुगेका थिए । तर, उनीहरु न त एकसाथ बसेर कुराकानी नै गरे, न त कार्यक्रम सकिएपछि कुराकानीका लागि समय नै निकाले । पुजा र आँचलको मित्रता पनि वुझ्नै नसकिने खालको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment