
२० असोज, काठमाडौं । महानगरीय अपराध महाशाखाले अष्ट्रेलिया पठाइदिन्छु भनी रकम ठगीको गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१३ घर भइ हाल काठमाडौं महानगरपालिका-१० मध्य बानेश्वर बस्दै आएका ४१ वर्षीय मणि निरौला रहेका छन् । उनलाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ ।
निरौलाले टोखा नगरपालिका-१ का २४ वर्षीय सुजन खत्रीलाई अध्ययनको लागि डिपेण्डेन्ट भिसामा अस्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख रुपैया ठगी गरेको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत सिंहदरवार काठमाडौंमा पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4