+
+

ट्रम्पविरुद्ध बोल्न किन डराउँछन् रिपब्लिकनहरू ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते १४:११

२१ असोज, काठमाडौं। डोनाल्ड्र ट्रम्प २०२४ को राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्लान् वा नगर्लान् ? भनेर चर्चा हुन थालेको छ । अमेरिकाको रिपब्लिकन पार्टीमा उनको बढ्दो पकडबीच यस्तो चर्चाले अर्थ राख्छ ।

रिपब्लिकन पार्टीभित्र ट्रम्पलाई अझै पनि महत्वपूर्ण राजनीतिक व्यक्तित्वको रुपमा हेर्नेको संख्या उल्लेख छ । पिउ रिसर्च सेन्टरले गरेको नयाँ अध्ययन अनुसार रिपब्लिकन र उक्त पार्टीप्रति झुकाव राख्ने दुईतिहाई मानिसले ट्रम्पलाई महत्वपूर्ण राजनीतिज्ञको रुपमा हेर्न चाहेको बताएका छन् । त्यस्तै ४४ प्रतिशतले उनी २०२४ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनून् भन्ने चाहन्छन् ।

रिपब्लिकन पार्टीमाथि ट्रम्पको लगभग पूर्ण नियन्त्रण रहेको देखिन्छ । पार्टीमा ट्रम्प यति धेरै हाबी छन् कि उनका अस्वभाविक दाबीको कुनै पनि निर्वाचित पदाधिकारीले खुलेर आलोचना गर्न सक्दैनन् । ट्रम्पविरुद्ध रिपब्लिकनहरु बोल्न डराउनु पछाडिको एउटा कारण पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म रहेको उनको प्रभाव हो ।

पिउको अध्ययनअनुसार दश जनामध्ये ६ जना अर्थात् ६३ प्रतिशत रिपब्लिकन र उक्त पार्टीप्रति झुकाव राख्ने स्वतन्त्र व्यक्तिले खुलेर ट्रम्पको विरोध गर्ने निर्वाचित अधिकारीलाई पार्टीमा अस्वीकार्न गर्नुपर्ने ठान्छन्। १० जनामध्ये ३ जनाले निर्वाचित अधिकारीबाट हुने ट्रम्पको आलोचनालाई बिल्कुल स्वीकार्न नहुने सोच्छन् ।

जबकि सोही संख्याका डेमोक्रेट वा डेमोक्रेटिक पार्टीप्रति झुकाव राख्ने स्वतन्त्र व्यक्तिले भने राष्ट्रपति जो बाइडेनको आलोचना गर्ने निर्वाचित अधिकारीलाई केही हदसम्म स्वीकार्नु पर्ने विचार राख्छन् । यसबाट रिपब्लिकन पार्टीमा व्यक्तिपूजा वा ‘कल्ट अफ परसनालिटी’ को संस्कृति बढ्दै गएको प्रस्ट हुन्छ ।

हाल ट्रम्प राष्ट्रपति पदमा छैनन् । तर मतदातामाझ उनको क्रेज जारी नै छ । अधिकांश रिपब्लिकन मतदाताहरु ट्रम्पप्रति पूर्ण बफादार हुनुपर्ने ठान्छन् ।

शक्तिमा नरहेका र २०२० को निर्वाचनमा बिना प्रमाण धाँधली भएको दाबी गरेका ट्रम्पले पार्टीको तल्लो तहसम्म बलियो पकड कायम गरेका छन् । फलस्वरुप, पार्टीभित्र उनीविरुद्ध मसिनो आवाज सुनिन्छ ।

ट्रम्पविरुद्ध थोरै रिपब्लिकनले मात्रै आवाज उठाउँदै आएका छन् । राजनीतिबाट सन्यास लिइसकेका र मतदाता माझ राम्रो प्रभाव रहेका नेताहरुले मात्रै यस्तो आँट गरेको अवस्था छ । यसअघि ट्रम्पविरुद्ध बोलेका रिपब्लिकनले चुनावमा नराम्रो परिणाम भोगेका कैयौं घटनाले समेत पार्टीभित्र उनका आलोचकहरु घटिरहेका हुन् ।

मार्क सानफोर्ड, जेफ फ्लेक, केली अओट्टे र बब कर्कर जस्ता ट्रम्पका आलोचकहरू कि त निर्वाचनमा पराजित हुन परेको कि राजनीतिबाट सन्यास लिन परेको विगतले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?