+
+
Shares

पिण्ड सेलाउन जाँदा नदीमा डुबेर मृत्‍यु भएका पुरुषको शव भेटियो

रासस रासस
२०७८ असोज २१ गते १५:४४

२१ असोज, गोरखा । श्राद्ध सकेर नदीमा पिण्ड सेलाउने क्रममा डुबेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ ।

मस्याङ्दी नदीमा डुबेर बेपत्ता भएका गोरखा नगरपालिका–१४ गोप्लिङका ४७ वर्षीय पूर्णबहादुर दराईको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

बुधबार दिउँसो करिब ३:३० बजे सो नदीमा श्राद्धपछि पिण्ड सेलाएर पौडी खेल्ने क्रममा नदीले बगाएर उनी बेपत्ता भएका थिए।

घटनालगत्तै प्रहरी र स्थानीयवासीले खोजी गरेको भए पनि फेला नपरेपछि कुरिनटारस्थित विपद् सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालयबाट गोताखोरको टोली झिकाएर खोजी गर्ने क्रममा आज बिहान शव फेला परेको जनाइएको छ।

बेपत्ता भएको स्थलदेखि केही तलबाट उहाँको शव फेला परेको प्रहरी नायब उपरीक्षक दाहालको भनाइ छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?