+
+

जसपाबाट को-को बन्दैछन् मन्त्री ?

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते ११:२७
उपेन्द्र यादव, अध्यक्ष, जसपा

२२ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री छनोटको मापदण्ड बनाएको छ । त्यसका आधारमा अध्यक्ष उपेन्द्र यादवले मन्त्रीहरु तय गर्ने एक नेताले बताए ।

जसपा स्रोतका अनुसार प्रदेश २ बाट महेन्द्र राय यादव, अमृता अग्रहरी र प्रमोद साहमध्ये एक मन्त्री हुनेछन् ।

प्रदेश नम्बर २ बाहिरबाट राजेन्द्र श्रेष्ठ र इस्तियाक राई मध्ये एक मन्त्री हुने सम्भावना छ ।

महिलाबाट रेणु यादव वा अमृता अग्रहरी भनिएको छ । यद्यपि रेणुको सम्भावना बढी छ ।

पार्टी र सरकारलाई जोड्ने भूमिका खेल्ने गरी रामसहाय यादवलाई पठाउने तयारी छ । उनी अध्यक्ष यादवका विश्वास पात्र समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?