
२२ असोज, काठमाडौं । सुरेन्द्र अस्तफलको नवीनतम् कवितासङ्ग्रह ‘तेल भिसा’ को लोर्कापण भएको छ। चितवनमा बसेर साहित्य सृजना गरिरहेका अस्तफलको नेपाल प्रज्ञा प्रतिष्ठानस्थित लेखनाथ प्रवचन कक्षमा कवितासङ्ग्रहको लोकार्पण गरिएको हो ।
अस्तफलका यस अगाडि शब्दहरू ‘अविराम यात्रामा’, ‘आमा’, ‘बिम्बशिविर’ र ‘हिउँको आरोहण’ कृति प्रकाशित भइसकेका छन्।
शिक्षण पेशामा संलग्न अस्तफल चितवन साहित्य परिषद्, नेपाली लेखक सङ्घ र आमा सुमित्रादेवी साहित्य प्रतिष्ठान चितवनका संस्थापक अध्यक्ष समेत रहेका छन् ।
कवितासङ्ग्रह ‘तेल भिसा’ युगबोध, जीवनबोध एवम् जीवन भोगाइका कटु यथार्थको प्रकटीकरणका साथै अस्तित्वबोध, विसङ्गतिबोध र प्रणयचेतको अभिव्यक्ति पाइन्छ ।
कवि तथा समालोचक महेश पौड्याल र समालोचक ज्ञानु अधिकारीले कवितासङ्ग्रहमाथि समीक्षात्मक टिप्पणी गरेका थिए । टिप्पणी गर्ने क्रममा महेश पौड्यालले भने, ‘ कवितामा पुस्तान्तरनको बजोड प्रस्तुति रहेको छ । कविसँग भएको आलोचनात्मक चेतको प्रयोग भएको भेटिन्छ । ’
कवितासङ्ग्रहबाट कवि निरज दाहाल र मञ्जिल अनिलले एक एक वटा कविता वाचन गरेका थिए ।
शिखा बुक्सले बजारमा ल्याएको यस पुस्तकको मूल्य २ सय रुपैयाँ रहेको छ ।
प्रतिक्रिया 4