+
+

नेप्सिनेले सुरु गर्यो संगीत अधिकारको लाइसेन्सिङ सेवा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते १४:५३

नेपाली चलचित्र, गीतसंगीत, कला तथा संकृतिको अन्तरराष्ट्रिय रुपमा नै प्रवद्र्धन गर्दै आएको नेप्सिने कम्पनीले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै संगीत अधिकार व्यवस्थापन र लाइसेन्सिङ सेवाको औपचारिक रुपमा सुरुवात भएको जनाएको छ ।

नेपालमै पहिलो पटक सुरुवात गरिएको यो सेवाले गीत संगीतका रचना तथा निर्माणमा प्रमुख भूमिका खेल्ने गीतकार, संगीतकार, निर्माता, प्रस्तोता तथा प्राविधिकहरुको हक अधिकारको उचित व्यवस्थापन गर्दै नेपाली गीत संगीतको सार्वजनिक व्यवसायिक प्रयोजन गर्नेलाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने संस्थापक अध्यक्ष रायन रेजले बताएका छन् ।

गीत संगीतको व्यवसायिक या सार्वजनिक प्रयोग गर्दा अधिकार धनीको अनिवार्य अनुमती लिएर संगीत रोयल्टी वुझाउनुपर्ने अन्तरराष्ट्रिय नियम भएपनि यो नियम नेपालमा भने लागू भएको छैन । जसलेगर्दा, नेपाली गीतसंगीतको बजार नै धराशायी हुने अवस्थामा पुगेको छ ।

कार्यक्रममा विभिन्न विधाका १५० भन्दा बढी श्रष्टालाई सम्मान गर्दै विभिन्न देशबाट विगत ३ महिनामा संकलन भएका रोयल्टी समेत वितरण गरिएको थियो । नेपाली कला तथा संगीत क्षेत्रमा रहेको अधिकार र रोयल्टीको विकराल समस्यालाई सम्बोधन गर्दै एक निजी कम्पनीले पहिलो पटक रोयल्टी संकलन गरेर वितरण गरेको हो ।

नेप्सिनेका प्रमुख संचालन अधिकृत विधान कार्कीले आफूले श्रृजना गरेका श्रृजनाहरु सर्वाधिक लोकप्रिय भैसकेपछि विश्वभर निरन्तर भोग चलन हुँदाहुँदै पनि आर्थिक अनी सामाजिक समस्यामा अल्झिनुपर्ने कारुणिक अवस्थाको अन्त्य गर्दै नेपाली कला र सांगीतिक क्षेत्रलाई समय सुहाउँदो विकासको बाटो तर्फ लैजाने मुख्य उद्देश्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?