+
+

थप ७६४ जनामा कोरोना संक्रमण, १० जनाको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते १६:२१

२२ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा ७६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार ४ सय ६६ पीसीआर परीक्षण गर्दा ७१५ जना र १ हजार २२२ एन्टिजेन परीक्षण गर्दा ४९ गरी ७६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने १ हजार ३३ जना निको भएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९९७ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २१० पुगेको छ भने ७ लाख ७४ हजार १७३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ जना रहेका छन् । जसमध्ये १४ हजार ७२८ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार १५३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३१३ जना आईसीयू र ११३ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै २४१ जना क्वारेन्टिनमा छन् ।

यस्तै १० वर्ष मुनिका २० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५० जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसारका सबैभन्दा धेरै काठमाडौंमा २२९, मोरङमा ७२, ललितपुरमा ६८, रुपन्देहीमा ६७, सुनसरीमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कास्कीमा ३२, भक्तपुरमा २५, काभ्रेपलाञ्चोकमा २०, झापामा १५, बाँकेमा १३ र बर्दियामा १० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?