+
+

आईपीएलको प्लेअफ समीकरण पूरा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २३ गते ८:०६

२३ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ को प्लेअफ समीकरण पूरा भएको छ । शुक्रबार लिग चरणको अन्तिम दुई खेल समपन्न भएपछि प्लेअफमा पुग्ने अन्तिम टोलीको टुङ्गो लागेको छ ।

कोलकाता नाइट राइडर्स चौथो स्थानमा रहँदै प्लेअफ पुगेको छ ।

अन्तिम खेलमा मुम्मई इन्डियन्सले सनराइजर्स हैदरावादलाई ४२ रनले पराजित गर्दै कोलकाता समान १४ अंक जोडे पनि नेट रन रेटमा पछि परेपछि कोलकाता चौथो बनेको हो ।

इशन किसन र सूर्यकुमार यादवको आक्रमक ब्याटिङमा मुम्बईले पहिले ब्याटिङ गर्दै २३५ रन बनाएको थियो । कोलकातालाई रनरेटमा पछि पार्न मुम्बईले हैदरावादलाई १७१ रन अन्तरले हराउनुपर्ने थियो ।

तर हैदरावादले १९३ रन बनाएपछि मुम्बई ४२ रनले विजयी भयो ।

मुम्बईका लागि इशन किसनले ३२ बल खेल्दै ११ चौका र चार छक्का मद्दतमा ८४ र सूर्य कुमारले ४० बल खेल्दै १३ चौका र तीन छक्का मद्दतमा ८२ रन बनाएका थिए ।

हैदरावादका लागि कार्यवाहक कप्तान मिनस पाण्डेले ४१ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा अविजित ६९ रन बनाएका थिए ।

बलिङमा हैदरावादका ज्यासन होल्डरले चार विकेट लिए । मुम्बईका जसप्रित बुमराह, नाथन कुल्टर नाइल र जेम्स निसमले समान दुई विकेट लिए ।

लिगमा चौथो भएको कोलकाताले अब एलिमिनेटरमा तेस्रो स्थानको रोएल च्यालेन्जर्स बैंगलोरसंग खेल्नेछ । अर्को खेलमा बेंगलोरले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गरेको थियो । अन्तिम बलमा श्रीकर भरतले छक्का प्रहार गरेपछि बेंगलोरले रोमाञ्चक जित हात पारेको हो ।

यसअघि नै शीर्ष दुईमा स्थान पक्का गरिसकेको दिल्ली पराजित भए पनि पहिलो क्वालिफायरमा पुगिसकेको छ । दिल्लीले १४ खेलबाट २० अंक जोड्दा बेंगलोरले चेन्नाई सुपर किंग्स समान १८ अंक जोड्यो । तर नेटरनरेटमा चेन्नाई अघि रहेपछि बेंगलोरले एलिमिनेटर खेल्नुपर्ने भएको हो ।

दिल्ली र चेनन्नाइबीच हुने क्वालिफायरको विजेता फाइनल पुग्नेछ । पराजित हुने टोलीले बेंगलोर र कोलकताबीचको एलिमिनेटर खेलको विजेतासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?