+
+

थापाथलीबाट खसी-बोका बिक्री सुरु, प्रतिकिलो ९० रुपैयाँले बढ्यो मूल्य

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २३ गते ९:५१
फाइल तस्वीर

२३ असोज, काठमाडौं । आजदेखि चाडपर्व लक्षित सहुलियत मूल्यमा खसी-बोका बिक्री गर्न सुरु भएको छ ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि बिक्री सुरु गरेको हो । कम्पनीको थापाथलीस्थित कार्यालयबाट खसी-बोका किन्न पाइन्छ ।

कम्पनीले यो वर्ष खसी-बोकाको मूल्य प्रतिकिलो ६५० निर्धारण गरेको छ । प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ । जसअनुसार खरिदकर्तालाई प्रतिकिलो ६४० पर्ने कम्पनीले जनाएको छ ।

यो मूल्य गत वर्षको भन्दा ९० रुपैयाँ बढी हो । गत वर्ष कम्पनीले प्रतिकिलो ५५० मा खसी-बोका बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?