+
+

मैले बार्सिलोनामै करियर अन्त्य गर्ने निर्णय गरेको थिएँ : मेस्सी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २३ गते २२:०५

काठमाडौं । सबैलाई थाहा छ कि अर्जेन्टिनी फुटबल स्टार लिओनल मेस्सी बार्सिलोना छाड्न चाहँदैनथे । क्लबसँग भएको सम्झौताको अवधि सकिए पनि मेस्सी पुनः बार्सिलोनामै रहने अपेक्षा थियो । सबै विषयमा सहमति पनि जुटेको थियो । तर वित्तीय अवस्थालाई कारण देखाउँदै बार्सिलोनाले मेस्सीसँग सम्झौता नवीकरण नगर्ने निर्णय गर्‍यो ।

‘मैले त्यस्तो अपेक्षा गरेको थिइनँ’, फ्रान्स फुटबललाई दिएको अन्तर्वार्तामा मेस्सीले भने, ‘मेरो मनमा म बार्सिलोनामा नै रहन्छु भन्ने थियो, सम्झौता नवीकरण गरेर ट्रेनिङमा समावेश हुन्छु भन्ने लागेको थियो ।’

‘मलाई सबै कुरा मिलिसकेको छ, केवल सम्झौतामा हस्ताक्षर मात्र गर्न बाँकी छ जस्तो लाग्थ्यो । तर, म त्यहाँ पुग्दा उनीहरुले अब यो सम्भव नभएको बताए । उनीहरुले मलाई यहाँ बस्न नसक्ने र मैले अर्को क्लब खोज्नुपर्ने बताए किनकी उनीहरु मेरो सम्झौता नवीकरण नगर्ने पक्षमा थिए । यसले मेरो योजना नै परिवर्तन ग¥यो’, मेस्सीले सुनाए ।

‘यो स्वीकार गर्नु मेरा लागि निकै कठिन थियो । किनकी हामी आफ्नो घर छाडेर जानुपर्ने थियो, मेरो परिवारको आफ्नो दैनिक तालिका अब पूरै परिवर्तन हुने भएको थियो । बालबच्चाको स्कुल बदलिने भएको थियो र उनीहरु पूर्णरुपमा नयाँ ठाउँमा जाँदै थिए’, उनले थपे ।

जबकी उनले आफ्नो करियर बार्सिलोनामा नै अन्त्य गर्ने निर्णय गरिसकेका थिए । अन्तर्वार्ताका क्रममा मेस्सीले भनेका छन्, मेरो दिमागमा धेरै कुराहरु चलेको थियो, तर मसँग छाड्नु बाहेक अर्को कुनै विकल्प थिएन ।’

मेस्सी पेरिस सेन्ट जर्मन गए । यो क्लबमा उनले नेयमार र केलियन एम्बाप्पेका साथै आफ्नो अन्तर्राष्ट्रिय फुटबल खेलका साथी एन्जेल डि मारियाको साथमा च्याम्पियन्स लिगको उपाधिको सपनालाई कायम राख्ने प्रयास गर्नेछन् ।

‘पीएसजीले मलाई क्लबमा जोडिने प्रस्ताव ग¥यो’, मेस्सी भन्छन्, ‘अन्य क्लबबाट पनि प्रस्ताव आएको थियो, तर मैले स्वीकार्नुपर्छ कि पीएसजीसँग निकै छिटो सम्झौता भयो । साँच्चै भन्नुपर्दा एक रातमै सबै कुरा तय भएको थियो ।’

‘मलाई क्लबको महत्वाकांक्षा, योजना, क्लबका खेलाडी लगायतका कुराहरु देखाएर क्लबमा बोलाइएको थियो । यी सबै कुराले मलाई सहजै सम्झौतामा पुग्न सहयोग ग¥यो’, मेस्सीले भने । पीएसजीमा रहेका नेइमार, एम्बाप्पेजस्ता खेलाडी हुनु पनि निकै महत्वपूर्ण रहेको बताएका छन् ।

‘मलाई टोलीमा रहेका साथीहरुले त्यहाँ रहन केही सहज हुन्छ भन्ने थाहा थियो । कोपा अमेरिकामा उनीहरुले मलाई पीएसजी आउन लागेको हो भनेर सोध्थे । यद्यपि उनीहरुलाई म बार्सिलोनामा नै बस्छु भन्ने थाहा थियो । त्यसैले म पीएसजी आउँदैछु भन्दा उनीहरु नै आश्चर्यमा परेका थिए ।’

मेस्सीका लागि यसपटक पनि च्याम्पियन्स लिग जित्नु एउटा लक्ष्य हुनेछ । सन् २०१५ यता उनले यो उपाधि आफ्नो क्लबलाई जिताउन सकेका छैनन् । ‘यो सबैको सपना हो’, मेस्सीले भने, ‘पछिल्लो केही वर्षयता जस्तै क्लबले यसपटक पनि च्याम्पियन्स लिग जित्ने लक्ष्य राखेको छ र क्लब यो लक्ष्यको नजिक पनि छ । मेरो व्यक्तिगत हिसाबमा पनि अवस्था उस्तै छ ।’ मेस्सीले यसपटक पनि च्याम्पियन्स लिगको उपाधि क्लबलाई जिताउने आफ्नो लक्ष्य रहेको बताएका छन् ।

यसका लागि कठिन क्लबसँग खेल्नुपर्ने भएपनि टोलीमा निकै राम्रा खेलाडीहरु रहेको बताएका छन् । उनले यस वर्षको बालोन डेओरको पुरस्कार आफूले पाउने सम्भावना बलियो रहेको भन्ने विषयमा भने केही बताउन चाहेनन् । उनले यो पुरस्कारको अन्तिम नतिजा आउनुभन्दा पहिला आफूले यस विषयमा बोल्नु उचित नठान्ने गरेको बताएका छन् । यद्यपि आफूले यो पुरस्कार पाए आफूलाई निकै राम्रो लाग्ने उनको भनाइ छ

मार्काबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?