+
+

निफ्राको लाभांश परिमार्जन, नगद होइन बोनस शेयर दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १३:११

२५ असोज, काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) ले घोषणा गरेको लाभांश संशोधन हुने भएको छ । यस अघि बैंकले ८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो ।

बैंकले नगद लाभांश दिने निर्णय गरेपनि राष्ट्र बैंकले परिमार्जन गर्न भनेको थियो । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले अब लाभांश ८ प्रतिशत नै दिनेछ छ, तर नगद होइन बोनस ।

बोनस शेयर दिदा बैंकको पुँजी समेत बढ्छ । यसका लागि पनि राष्ट्र बैंकले परिमार्जन गर्न भनेको हो । हाल बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ रहेको छ । एक अर्ब ६० करोड बोनस वितरणपछिबैंकको चुक्ता पूँजी २१ ऋर्ब ६० करोड पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?