+
+

पोखराका मेयरले दिए उपमेयरलाई कार्यवाहकको जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १८:४९

२५ असोज, पोखरा । मस्तिष्कघात भएर उपचारपछि पोखरा फर्किएका मेयर मानबहादुर जिसी सोमबार कार्यालय पुगेका छन् ।

गत साउन १ गते मस्तिष्कघात भएपछि काठमाडौंमा उपचार गराइरहेका उनी शनिबार पोखरा फर्किएका थिए । सोमबार कार्यालय पुगेका मेयर जिसीले कार्यकक्ष पुगेर दसैंको शुभकामना बाँडेका छन् भने कार्यवाहक प्रमुखको जिम्मेवारी उपमेयर मञ्जुदेवी गुरुङलाई दिएका छन् ।

जिसी अझै पूर्ण रुपमा निको भइसकेका छैनन् । जिसीले आफू कार्यालय नआउँदासम्म कार्यवाहक प्रमुख भई दैनिक कार्य सञ्चालन गर्ने गरी लिखित रुपमा उपप्रमुख गुरुङलाई जिम्मेवारी दिएका हुन् ।

मेयर बिरामी भएको र उपमेयरलाई कार्यवाहक जिम्मेवारी नदिँदा बजेट कार्यान्वयन तथा सेवा प्रवाहमा समस्या परेको थियो ।

करिब १ घण्टा कार्यालयमा रहेका जिसीले महानगरले गर्ने काम, सेवा प्रवाहलाई गुनासो नआउने गरी गर्न जनप्रतिनिधि तथा कर्मचारीलाई अनुरोध गरे । आफू पूर्ण रुपमा निको भएर छिट्टै काममा फर्किने जिसीको विश्वास थियो ।

महानगर प्रमुख जिसी कार्यालयमा पुग्दा उपप्रमुख मञ्जुदेवी, प्रमुख प्रशासकीय अधिकृत महेश बराल, सचेतकद्वय शोभामोहन पौडेल, रामराज लामिछाने, प्रवक्ता धनबहादुर नेपाली, वडाअध्यक्षहरु तथा विभिन्न महाशाखा प्रमुखहरुले स्वागत गरेका थिए ।

मेयर जिसीले कार्यालय पुगेर दशैंको शुभकामना बाँड्दै कोरोना महामारीबाट सचेत रहन आग्रह गरे । कोरोना संक्रमणको जोखिम अझै रहेकाले स्वास्थ्यप्रति सचेत भएर चाडपर्व मनाउन उनको आग्रह थियो । ‘चाडपर्वहरु अर्को वर्ष पनि आउँछन्,’ जिसीले भने, ‘स्वास्थ्यका मापदण्ड पालना गरेर मनाउन आग्रह गर्दछु ।’

उनले स्वास्थ्यमा कुनै समस्या भएमा महानगरका स्वास्थ्य केन्द्र तथा अस्पतालहरुमा स्वास्थ्य जाँच गराउन पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?