
२५ असोज, रसुवा । दशैंलाई मध्यनजर गर्दै रसुवागढी नाकाबाट ३६ कन्टेनर स्याउ नेपाल भित्रिएको छ । शनिबार र आइतबार गरी ३६ कन्टेनर स्याउ नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी एवं भन्सार अधिकृत नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।
सो नाकाबाट ठूलो परिमाणमा स्याउ भित्रिएसँगै दशैंका लागि नेपाली बजारमा फलफूलको आपूर्ति व्यवस्था सहज हुने भएको छ । नेपाल भित्रिएको स्याउ भन्सार प्रक्रिया पूरा गरी धमाधम काठमाडौं लैजाने क्रम शुरू भएको चौधरीले बताए ।
चाडपर्वमा फलफूललको अभाव हुन नदिन व्यवसायीले स्याउलगायत तयारी पोशाक, जुत्ता, चप्पलजस्ता सामग्री आयातमा पहिलो प्राथमिकता दिँदै आएको बताएका छन् । आम उपभोक्ताको चाहना तथा राजधानी काठमाडौंलगायत व्यावसायिक क्षेत्रको मागका आधारमा चाडपर्वलाई लक्षित गरी सामग्री आयात गर्ने गरिएको व्यवसायी धर्म पौडेलले जानकारी दिए ।
प्रतिक्रिया 4