+

कतार विश्वकप मेरा लागि अन्तिम हुनसक्छ : नेइमार

२०७८ असोज  २५ गते १९:२० २०७८ असोज २५ गते १९:२०
कतार विश्वकप मेरा लागि अन्तिम हुनसक्छ : नेइमार

२५ असोज, काठमाडौं । ब्राजिलका फुटबल स्टार नेयमारले कतारमा हुने विश्वकप फुटबल आफ्नो अन्तिम विश्वकप हुन सक्ने बताएका छन् ।

२९ वर्षका नेयमारले मानसिक पक्षको कारण आफ्ना लागि कतार विश्वकप अन्तिम हुन सक्ने बताएका हुन् । यद्यपि शारीरिक हिसाबमा भने आफू अझै पनि सबल रहेको उनको भनाइ छ ।

भिडियो स्ट्रिमिङ सर्भिस डीएजेएनलाई दिएको अन्तर्वार्तामा उनले भने, ‘मलाई २०२२ को कतार विश्वको मेरो अन्तिम विश्वकप हो कि जस्तो लाग्छ । किनकी त्यसपछि पनि फुटबल खेल्न मसँग मानसिक क्षमता हुन्छ कि हुँदैन भन्ने थाहा छैन ।’

कतार विश्वकपबारे उनले अघि भनेका छन्, ‘राम्रो लयमा रहन, देशलाई जिताउन र आफू सानो हुँदादेखिको सपना पूरा गर्न सबै प्रयास गर्नेछु र मलाई यो पूरा गर्न सक्छु जस्तो लाग्छ ।’

कुराकानीका क्रममा नेइमारले सन् २०१४ को विश्वकपमा आफ्नो ढाडमा चोट लागेको घटना पनि सम्झिए । ‘यो मेरो जीवनको सबभन्दा खराब घटनामध्ये एक हो । यसले मेरो विश्वकप खेल्ने सपना ध्वस्त पार्‍यो, सेमिफाइनल, फाइनल खेल्नका लागि म एक पाइला पनि अघि बढ्न सकिनँ । म अनियन्त्रित भएर रोएको थिएँ’, उनले सम्झिए ।

‘उनीहरुले मलाई अस्पताल लगेका थिए । डक्टरले मलाई हेरेर भने – मसँग दुईटा समाचार छ, एउटा खुसीको र अर्को दुःखको । तपाईँ पहिला के सुन्न चाहनुहुन्छ ? मैले भने मलाई खराब समाचार सुनाउनुहोस्’, नेइमार भन्छन्, ‘उनले भने– तपाईं विश्वकपबाट बाहिरिनुभएको छ । रुँदै मैले सोधेँ, खुसीको समाचार के हो ? उनले भने–यदि यो चोट दुई सेन्टिमिटर साइडमा हुन्थ्यो भने तपाईं पुनः हिँड्न सक्नुहुन्नथ्यो ।’

मार्काबाट

कतार विश्वकप नेइमार ब्राजिल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय