+
+

फलामे फोक्सोले बाँचिरहेका संसारका एकमात्र व्यक्ति, जो ६० वर्षदेखि मेसिनभित्र छन्

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १९:२५

२५ असोज, काठमाडौं। संसारमा कैयन् यस्ता मानिसहरु हुन्छन् जो कठीन चुनौतिहरुसँग संघर्ष गरेर असम्भव कामलाई पनि सम्भव तुल्याइदिन्छन् ।

अमेरिकी लेखक पाउल अलेक्जेन्डर त्यस्ता व्यक्ति हुन् जो ६० वर्षदेखि फलामको फोक्सोले स्वास फेरिरहेका छन् । ६० वर्षदेखि उनी त्यहीँ मेसिनभित्रै बस्दै आएका छन् ।

पोलियोका कारण फोक्सो बिग्रिएसँगै उनी ६ वर्षदेखि नै फलामे फोक्सोको भरमा बाँचिरहेका छन् । मेसिनभित्र बन्द हुन्छन् । मेसिनभित्रै सुतेर उनले विश्वविद्यालय स्तरको पढाई गरे र आफ्नो आत्मकथा लगायतका किताब पनि लेखे ।

उनी राम्रोसँग चल्न पनि सक्दैनन् । किबोर्डमा प्लास्टिकको स्टिक चलाएर उनले किताब लेखेका हुन् ।६ वर्पाको उमेरमा पोलियोको सिकार भएका पाउलको उमेर अहिले ७५ वर्ष भैसकेको छ । पोलियोका कारण बच्चैदेखि उनले निकै पीडा भोग्नुपर्‍यो ।

एकदिन साथीहरुसँग खेलिरहेको बेलामा लडेर उनको सरीरमा चोट लागेपछि त समस्या विकराल भयो । उनी हिँडडुल गर्न तथा खानपिन गर्न समेत नसक्ने भए । पोलियोका कारण उनको फोक्सोमा ठूलो क्षति पुगेको डाक्टरहरुले पत्ता लगाए ।

त्यसपछि उनलाई जिवित राख्नका लागि एकमात्र उपचार थियो फलामे फोक्सो अर्थात् आइरन लंग्समा राखेर स्वास दिनु । त्यस समय कम उमेरका पक्षघातका विरामीहरुले वयस्क नहुन्जेलसम्म फलामे फोक्सोको सहयोगमा स्वास लिनु पर्ने थियो । तर वयस्क हुँदासम्म पनि पाउलको अवस्थामा सुधार आएन । जसका कारण डाक्टरहरुले उनलाई सधैभरी फलामे फोक्सोको मेसिनमै राख्ने निर्णय गरे ।

यति कठीन जिन्दगीले पनि पाउलको हौसला डगमगाएन । उनले मेसिनमा बन्द भएरै पढाई पूरा गरे । कानूनको पढाई पूरा गरेसँगै उनले केही समय विशेष ह्विलचेयरको सहयोगमा वकलात पनि गरे । पछि उनले आफ्नै आत्मकथा लेखे । किताब लेख्नु सजिलो काम थिएन । त्यसैले त्यो किताब पूरा गर्न उनलाई ८ वर्ष लागेको थियो ।

यसअघि पाउलले जस्तै फलामे फोक्सोको प्रयोग गरेका मासिनहरुको संख्या धेरै छ । तर हालका लागि पाउल संसारका एकमात्र जिवित व्यक्ति हुन् जसले अहिले फलामे फोक्सो प्रयोग गरिरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?