
२५ असोज, काठमाडौं। गत सोमबारको राति संसारभर फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम तथा मेसेन्जरको सेवा अबरुद्ध हुँदा झण्डै साढे ३ अर्ब प्रयोगकर्ता प्रभावित भए । फेसबुक मातहतका यी सोसल मिडिया एपहरुको सेवा अबरुद्ध हुनुको फाइदा चाहीँ अर्को मेसेजिङ एप टेलिग्रामले उठाएको छ ।
ह्वाट्सएप लगायतका फेसबुकका सेवाहरु अबरुद्ध भएको दिन टेलिग्राममा थप ७ करोड नयाँ प्रयोगकर्ता जोडिएका छन् । टेलिग्रामका सिइओ पावेल डुरोभका अनुसार फेसबुक आउटेजको समयमा टेलिग्रामले ठूलो परिमाणमा नयाँ प्रयोगकर्ताको दर्ता तथा गतिविधिमा किर्तिमानी वृद्धि हासिल गरेको छ ।
एक विज्ञप्तीमा उनले भनेका छन्, ‘टेलिग्रामको दैनिक वृद्धि निर्धारित मानक भन्दापनि अधिक भएको छ । र, हामीले एकदिनमा अन्य प्लाटफर्मको तुलनामा ७ करोड भन्दा भन्दा धेरै प्रयोगकर्तालाई स्वागत गरेका छौँ। मलाई यस विषयमा गर्व छ कि हाम्रो टीमले यसको बेजोड विकासलाई सम्हालेको छ र कुने अवरोध विना नै प्रयोगकर्ताहरुलाई सेवा उपलब्ध गराएको छ।’
गत जनवरीमा सार्वजनिक एक तथ्यांक अनुसार टेलिग्रामको सक्रिय मासिक प्रयोगकर्ताको संख्या ५० करोड थियो ।
डाउन डिटेक्टर वेबसाइटका अनुसार ह्वाट्सएप अबरुद्ध हुँदा ४० प्रतिशत प्रयोगकर्ताले एप डाउनलोड गर्न सकेनन्, ३० प्रतिशतले मेसेज पठाउन समस्या भोगे भने २२ प्रतिशतले वेब ह्वाट्सएपमा समस्याको सामना गरे । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4