+
+

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

रासस रासस
२०७८ असोज २८ गते १६:५६

२८ असोज, गुल्मी। गुल्मीमा गएराती मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर-२ का २८ वर्षका मोटरसाइकल चालक सुरज हिताङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक महेश्वर उपाध्यायले बताए ।

लु २६ प ६८३३ नम्बरको मोटरसाइकल मुसिकोट नगरपालिका वडानम्बर-७ वामीटक्सार बजारमा दुर्घटनामा घाइते हिताङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार २३ बर्षीय रबिन शाहीठकुरी सामान्य घाइते भएको प्रहरी निरीक्षक उपाध्यायले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?